प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी, नेकपा एकीकृत समाजवादी लगायत दलका सांसदले आज प्रस्ताव दर्ता गराएका संसद सचिवालयले पुष्टि गरेको छ ।

प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । कानून मन्त्री दिलेन्द्रप्रसाद बडूसहित माओवादी केन्द्रका सचेतक देव गुरुङ नेकपा एसका मूख्य सचेतक जीवनराम श्रेष्ठलगायत सांसद संसद सचिवालय पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी : सीआईबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन …

प्रतिकृया दिनुहॊस