गठबन्धन कुनै परियोजना पास गर्न बनेको होइन : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधानको रक्षाका लागि बनेको बताएका छन् । पार्टीले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएका हुन् ।

गठबन्धन अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता पास गर्न नबनेको उनको भनाई छ । ‘गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरूप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै परियोजनासँग होइन ।’ अध्यक्ष प्रचण्डले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न खोजिएको बताउँदै उनले कुनै देश विशेषसँग गरिएको सम्झौताको आधारमा गठबन्धन नगरिएको स्पष्ट पारे । अहिलेको अवस्थामा सरकारलाई गिराउने र स्थानीय तहको निर्वाचनलाई बिथोल्न अनेक प्रकारको शक्ति लागि परिरहेको पनि उनले बताए ।

उनले सरकार ढलाउन र चुनाव बिथोल्न विभिन्न प्रपञ्च भइरहेको पनि बताए । ‘यो सरकार गिराउन, चुनावलाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्च भइराखेका छन्’ उनले भने । मधेश प्रदेशमा पनि जनयुद्ध दिवस मनाउने कार्यक्रमका लागि प्रचण्ड आज जनकपुर जाने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्छ : डा. वसन्त पन्त (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले ‘औषधिजन्य जडीबुटी मेला’को आयोजना गरेको छ । शनिबार …

प्रतिकृया दिनुहॊस