Tag Archives: mainnews

भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

काठमाडाैँ । भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको हो । उनले भने, ‘केही स्थानमा सामान्य बुथ निर्माण र सर्वदलीय बैठक गर्नेबाहेक निर्वाचन व्यवस्थापनका लागि गर्नुपर्ने शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत अरु सबै तयारी पूरा भइसकेको छ, बाँकी ती केही काम पनि आजै सम्पन्न हुनेछ …

पुरा पढ्नुहॊस »

सिटामोल नपाएको भन्दै सर्वोच्चमा रिट (पूर्णपाठ)

काठमाडौँ । अत्यावश्यक औषधि सिटामोल नपाएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । नुवाकोटको म्यगाङ गाउँपालिका ३ की सविया तामाङले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् । रिटमा उत्प्रेषण आदेश माग गरिएको छ । ‘सिटामोलको चरम अभाव भई यथावत् आपूर्ति हुन नसकेको, कतिपय मानिसहरूले औषधीमा कमिसन खाने कालो बजारी गर्ने जस्ता सङ्क्रामक रोग ऐनविरुद्धका मानवता विरोधी कार्य गरेको भन्ने जस्ता विषयहरू पुष्टि हुन्छ,’ रिटमा भनिएको छ, ‘नेपालको …

पुरा पढ्नुहॊस »

टेकु अस्पतालमा आजदेखि पुनः खोप अभियान सञ्चालन हुँदै

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको हाे । अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन् । उनका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ । …

पुरा पढ्नुहॊस »

‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो, आफै बचौँ’

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको बताएका छन् । सचिव भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेकाले आफू बच्न र अरूलाई बचाउन आग्रह गरेको हुन् । उनले सामाजिक सञ्जालमार्फत अवस्था सरकारको काबु बाहिर गइसकेको जिकिर गरे । ‘अवस्था सरकारको काबु बाहिर गइसकेको,’ उनले भनेका छन्, ‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो । आफू बचौँ र अरूलाई पनि बचाऔँ !’ कोरोना नियन्त्रणमा सरकार असफल भएको नेता भट्टराईको दाबी छ । …

पुरा पढ्नुहॊस »

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैँ । आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको हो । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने विभागले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव …

पुरा पढ्नुहॊस »

टेकु अस्पतालमा मंगलबारबाट खोप अभियान फेरि सञ्चालन हुने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ। सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमितरुपमा खोप कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो। तर, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित …

पुरा पढ्नुहॊस »

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ हजार ५४० निकाे भए

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार १६ हजार ६५४ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ५४ जनामा र ४ हजार ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ८२ हजार ५५० …

पुरा पढ्नुहॊस »

नेप्सेमा पहिराे : ९९.८६ अंकको गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार राताम्मै भएर बन्द भएको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ९९.८६ अंकले घटेर २ हजार ८२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले घटेर ५२६ बिन्दुमा झरेको छ। आज २२८ वटा धितोपत्रको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक …

पुरा पढ्नुहॊस »

मेराे भनाइलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरियाे : यातायातमन्त्री यादव

जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्। …

पुरा पढ्नुहॊस »

आजदेखि माघ १६ गतेसम्म सहिद सप्ताह मनाइँदै

आजदेखि सहिद सप्ताह सुरु भएको छ। प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहुति दिएका सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदानको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ। २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो। प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो। सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० …

पुरा पढ्नुहॊस »