काठमाडाैँ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ । नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका हुन् । बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भाेट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे । राष्ट्रसंघमा कुल …
पुरा पढ्नुहॊस »आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजारसम्म पठाउन सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स) को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा रु एक लाखसम्म थियो । …
पुरा पढ्नुहॊस »ग्याल्पो ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने बताइन्छ । ग्याल्पो ल्होसार …
पुरा पढ्नुहॊस »राजसंस्था पुनर्स्थापना हाम्रो पार्टीको एजेण्डा होइन : कमल थापा
राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः १२७ जनामा संक्रमण पुष्टि, ३२१ निको भए
पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८७४ जनाको परीक्षण गर्दा १२७ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ७७० रहेको छ। काठमाडाैं उपत्यकामा ३० जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये काठमाडाैंमा १८, भक्तपुरमा ४ र ललितपुरमा ८ जना …
पुरा पढ्नुहॊस »६३ दशमलव ९८ अंकले घट्याे नेप्से
बुधबार शेयर बजार ६३ दशमलव ९८ अंकले घटेको छ। मंगलबार सार्वजनिक विदा भएर नखुलेको बजार आज खुलेदेखि नै घट्न थालेको थियो । उच्च अंकले घट्दै बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको छ । बुधबार २२८ वटा धितोपत्रको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …
पुरा पढ्नुहॊस »बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरि फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
पुरा पढ्नुहॊस »सभामुखप्रति राजनैतिक पूर्वाग्रह राखियाे : सचिवालय
सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले जनाएको छ। सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्वाेच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका हुन्। सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको बताए। प्रेस नोट सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने …
पुरा पढ्नुहॊस »संसद् बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ । एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।
पुरा पढ्नुहॊस »कांग्रेस चितवनको अधिवेशन शुक्रबार हुँदै
नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रबार हुने भएको छ। विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ। जिल्ला सभापतिका लागि ६ जनाले आकाङ्क्षा राखेका छन् । प्रा डा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम जोशी, …
पुरा पढ्नुहॊस »