काठमाडाैँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसिसी सम्झौतालगायत समसामयिक विषयमा छलफल गरिने बताइएको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
पुरा पढ्नुहॊस »आज मौसम सफा रहने, भोलिदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडाैँ । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि भोलिदेखि भने केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । भोलि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ …
पुरा पढ्नुहॊस »विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नसक्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन्। देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई …
पुरा पढ्नुहॊस »कोरोना अपडेट: ७४७ जना संक्रमित, ८ जनाकाे मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार २७९ पीसीआर परीक्षणमा ४८२ जनामा र २ हजार ४१७ जनामा एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या ८ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७३९ रहेको छ भने पछिल्लो २४ घण्टामा २ हजार ३१९ जना डिस्चार्ज भएका छन् ।
पुरा पढ्नुहॊस »३ अर्ब ६८ करोडकाे कारोबार भएकाे शेयर बजारमा झिनो अंकको सुधार
कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा झिनो अंकको सुधार आएको छ। आइतबार १०१ दशमलव २४ अंकले घटेको बजारमा आज ०.०८ अंकले बढेर २ हजार ७०० दशमलव ९८ बिन्दुमा पुगेको छ। सोमबार २२७ वटा घितोपत्रको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबार १३ वटा …
पुरा पढ्नुहॊस »सिंहदरबारमा सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित
सभामुख अग्निप्रसाद सापकोटाकाे आह्वानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद सचिवालय, सिंहदरबारमा बसेको बैठकमा एमाले भने सहभागी छैन। एमालेले यसअघि पनि सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्दै आएको थियो। आजको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ। आफूले कारबाही गरेका १४ सांसदको सूची सूचना पाटीमा टाँस नगरेको भन्दै एमालेले सभामुख सापकोटाको विरोध गर्दै आएको छ। जारी सर्वदलीय …
पुरा पढ्नुहॊस »कांग्रेसले मंगलबारका लागि बोलायो संसदीय दलको बैठक
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरि दलको बैठक बोलाएका हुन्। पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेको लगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो। प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई …
पुरा पढ्नुहॊस »कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमा कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्ने, शिक्षा विकास तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने, संवैधानिक …
पुरा पढ्नुहॊस »स्थानीय चुनाव : बिहीबारदेखि दल दर्ता
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आउँदो बिहीबारदेखि दल दर्ताको तयारी गरेको छ । बिहीबार दल दर्ताका लागि आह्वान हुने र त्यसका लागि ११ दिनको समय दिने आयोगले जनाएको छ । आयोगमा अहिले १०३ दल दर्ता छन् । यस्तै मतदाता नामावली अद्यावधिक गर्ने काम पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । नामावली अद्यावधिक गर्न अझै एक महिना लाग्न सक्ने उनले बताए । वैशाख ३० …
पुरा पढ्नुहॊस »प्रधानन्यायाधीशविरुद्ध महाभियोगले तरङ्ग : आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाएका हुन् । दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरूले आइतबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव …
पुरा पढ्नुहॊस »