५२१ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या १० रहेकाे छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ भने पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना डिस्चार्ज भएका छन् ।

काठमाडाैं उपत्यकामा १५० जनामा संक्रमण पुष्टि
काठमाडाैं उपत्यकामा १५० जनामा संक्रमण पुष्टि भएकाे छ। जसमध्ये भक्तपुरमा ९ जना, ललितपुरमा ४४ र काठमाडाैंमा ९७ जना रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस