Tag Archives: mainnews

आजदेखि तीन दिन देशभर मौसम सफा रहने

काठमाडाैँ । आजदेखि ३ दिनसम्म मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेको । यतिबेला पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) छ भने तराईका थोरै स्थानमा हुस्सु /कुहिरो लागिरहेको बुलेटिनमा उल्लेख छ । यस्तो छ सोमबारसम्मको मौसम पूर्वानुमान माघ २९ गते शनिबार दिउँसो – देशभर …

पुरा पढ्नुहॊस »

नेपालसहित ८ देशबाट आउने उडानमा हङकङद्वारा प्रतिबन्ध

हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ। कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो। समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन्।

पुरा पढ्नुहॊस »

कांग्रेसले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लामा कार्यसमितिको निर्वाचन गरिने जनाइएको छ। यसअघि ती जिल्लामा माघ १५ गते निर्वाचन मिति तोकिएको थियो। कोरोना संक्रमण बढेपछि समितिले उक्त निर्वाचन स्थगित गरेको …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आइतबार पनि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ। बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बिहीबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो। आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घन्टामा १ हजार १२८ जनामा संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा एक हजार १२८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार १७ हजार ४४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६६६ जनामा र ३ हजार पाँच सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा ४६२ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय …

पुरा पढ्नुहॊस »

एमसीसीबारे संसद्‌मा छलफल गर्नुपर्छ : प्रवक्ता प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे संसद्‌मा छलफल गरेर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रेस युनियनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो धारणा राखेका हुन् । परियोजनामा त्रुटि भए संसद्‌बाटै जनतालाई बुझाउनुपर्ने उनले बताए । सभामुखले एमसीसीसम्बन्धी प्रस्ताव बहाना नबनाइ अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमसीसीबारे अनर्गल प्रचार गरेर भ्रम छर्ने काम …

पुरा पढ्नुहॊस »

प्रचण्डले एमसीसीबारे निर्णय माग्दा ओलीको जवाफ- ‘तपाईँहरूसँग बहुमत छ जे गर्नुस्’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका छन् । बिहीबार साँझ ओलीलाई टेलिफोन गरेर प्रचण्डले एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गरेका हुन् । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको रहेको बताए । ‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा …

पुरा पढ्नुहॊस »

तुलसीपुर आगलागी : मृतक सबैको सनाखत, चार बालबालिका [अपडेट]

काठमाडौँ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा मृत्यु भएका ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा १३ वर्षिया साजिता खातुन, १५ वर्षीय हसन बकस, १३ वर्षीय मनिस बकस, ५ वर्षीया अवीददिन अली र ४० वर्षीय नजर दिव अली रहेको प्रहरीले जनाएको छ । मृतक ५ जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । यस्तै उद्धारमा खटिएका एक जना घाइते भएको पनि प्रहरीले जनाएको छ …

पुरा पढ्नुहॊस »

थापा र त्रिपाठीका नयाँ दलले स्थानीय चुनावमा भाग लिन पाउलान् ?

काठमाडौँ । २०७४ मा सम्पन्न प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा उठेका पूर्वमन्त्री हृदयेश त्रिपाठी र राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ताको तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा भइसकेपछिको अवस्थामा दल दर्ता गर्न पाइने कि नपाइने भन्ने विषयमा उनीहरू निकट नेताहरू निर्वाचन आयोगसँग सोधपुछ गर्न आयोग पुगेका थिए । आयोगले दल दर्ताका लागि बन्देज नभएको जवाफ दिएपछि त्रिपाठी र थापा नयाँ …

पुरा पढ्नुहॊस »

आजदेखि दूधको मूल्य प्रतिलिटर ९ रूपैयाँ बढ्यो

दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँ बढाइएको जनाएको हो। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबार आजदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो। बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ …

पुरा पढ्नुहॊस »