Tag Archives: mainnews

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो । यो प्रकरणमा थुनामा रहेका १० जनाले …

पुरा पढ्नुहॊस »

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमा आयुर्वेद सेवा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम शङ्खरापुर, तारकेश्वर तथा काठमाडौं महानगरपालिकासँग समन्वय गरी महानगरपालिका तथा नगरपालिका स्थित २४० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ …

पुरा पढ्नुहॊस »

उप-निर्वाचनको सुरक्षा तयारी पूरा, साढे २ हजार प्रहरी खटिने

काठमाडौं । नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ । वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको बताएको हो । नेपाल प्रहरिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीवार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग—अलग कार्ययोजना बनाएर सुरक्षा …

पुरा पढ्नुहॊस »

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका सबै कार्यकारिणी समितिमा रहेका पदाधिकारीहरूको विवरण माग गरी निर्वाचन आयोगमा पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको सचिवालयले दलीय आबद्धता भएका शिक्षकको विषयमा परेका उजुरीको विवरण यकिन गरी कारबाही अघि …

पुरा पढ्नुहॊस »

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै एक युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण …

पुरा पढ्नुहॊस »

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, …

पुरा पढ्नुहॊस »

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओलाई ‘नेपालबाट कतार पठाउन लागिएको हात्ती’ भन्दै सेयर गरिरहेका छन् । तर कतारलाई उपहार दिने भनिएका हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) चितवनमै रहेका हुन् । अहिले भाइरल बनिरहेको भिडिओमा भावुक बनेका नेपालीहरूले भावुक कमेन्ट गर्दै सरकारको विरोध पनि गरेका छन् । उक्त भिडिओ  मार्च २८ अर्थात् गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल, यस्तो छ अंकगणित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको हो । विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, …

पुरा पढ्नुहॊस »

आजदेखि प्रचारप्रसार गर्न नपाइने, यी कार्य गरे हुन्छ कारबाही

काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति १२ बजेबाट निर्वाचन नसकिएसम्मका लागि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने उल्लेख छ । निर्वाचन आचार संहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

पुरा पढ्नुहॊस »