महाभियोग पत्र बुझेर सर्वाेच्च अदालतबाट बाहिरिए चोलेन्द्र

आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन्।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो।

संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन्।

महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी : सीआईबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन …

प्रतिकृया दिनुहॊस