Tag Archives: mainnews

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन् । पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा लैजान र देशका लागि आफूहरुका तर्फबाट गरिएको पहलबारे जानकारी गराउनसमेत उनले आग्रह गरे। आज आफ्नै निवास खुमलटारमा विभिन्न पार्टी छोडेर आएका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । सो अवसरमा नेकपा (एमाले) …

पुरा पढ्नुहॊस »

कालो झण्डा देखाउने अधिकार पनि कांग्रेसले नै प्रदान गरेको हो : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणलाई गृह जिल्लामै जनमतका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा कालो झण्डा देखाएर विरोध गरे । गृहमन्त्री खाँणले सम्बोधन गर्दै उनले त्यो कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको उल्लेख गरे । नेपाली कांग्रेसले विरोध, असहमतिलाई सहजता पूर्वक लिन्छ, लोकतान्त्रिक शासन व्यवस्थामा विरोध गर्न पाइन्छ । खाँणले भने कार्य कार्यक्रममा …

पुरा पढ्नुहॊस »

कांग्रेसको आजदेखि स्थानीय निर्वाचन लक्षित एक महिने चुनावी अभियान

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान शुरु गर्दैछ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् । कांग्रेसले चुनावी अभियानको नारा ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव समेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दसौँ अधिवेशनको ११ औँ बैठक आज बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम …

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी …

पुरा पढ्नुहॊस »

केपी ओली नक्कली कम्युनिष्ट हुन् : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन्। नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए । एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँ धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए। उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँजीपति वर्गको …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ७७ संक्रमित थपिए, १९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ५० रहेको छ।

पुरा पढ्नुहॊस »

दलहरूले अब राजनीतिभन्दा माथि उठेर देशका लागि सोच्नु पर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षा लगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन्। राजनीतिक पार्टीहरुले सबै विकासका गतिविधिलाई ओभर पोलिटिसाइज नगरि प्रजातान्त्रिक बिधिसम्वत तरिकाले कार्य गर्नु पर्ने उनले बताए । आज काभ्रे बहुमुखी क्याम्पसकाे तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बाेधन गर्दै सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषण बाजी मात्र नभई शिक्षा, उद्याेग जस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रकाे विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए । …

पुरा पढ्नुहॊस »

अहिलेकाे संसद्ले सांसदहरूलाई भत्ता खुवाउने बाहेक केही काम गर्न सकेनः केपी ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताएका हुन् । उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा …

पुरा पढ्नुहॊस »

युद्धग्रस्त युक्रेनबाट चार नेपाली स्वदेश फर्किए

युक्रेनबाट चार नेपाली स्वदेश फिर्ता भएका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् । युक्रेनमा जारी युद्धको क्रममा अलपत्र परेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै भारत सरकारले अपरेशन गंगा कार्यक्रम मार्फत् स्वदेश फिर्ता गरिरहेको छ। सोही क्रममा भारत सरकारले चार जना नेपालीलाई पनि फिर्ता ल्याएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । …

पुरा पढ्नुहॊस »