Tag Archives: mainnews

नेप्से परिसूचक १४.५८ अंकले घट्याे

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा पुगेको छ। आज २२४ वटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँमा खरिद विक्री भएको छ। आज विन नेपाल कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न एमाले सचिव रायमाझीकाे माग

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्। आज आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउन षडयन्त्र भइरहेको आरोपसमेत लगाए। उनले भने, “स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन। आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ।”

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनकाे माग गर्दै अनेरास्ववियुद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 

प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ। कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनिता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो। निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यालय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

पुरा पढ्नुहॊस »

इन्डोनेसिया हिंडेका दुई भारतीयलाई अध्यागमनले रोक्यो

काठमाडौं । नेपाल हुँदै इण्डोनेसिया जान लागेका दुई भारतीय नागरिकलाई अध्यागमनले रोकेको छ । भारतीय नागरिकहरु जेड ६३३९४३० नम्बरको राहदानी भएका देभवीनन्नदन मारु र जेड १७८९९३० नम्बरको राहदानी बोकेका विन्दु मारुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कार्यालयले इण्डोनेसिया जान प्रस्थान अनुमति नदिएको हो । उनीहरु बुधबार इण्डोनेसिया जाँदै थिए । नेपालस्थित भारतीय दूतावासले जारी गर्ने ‘प्रस्थान अनुमति दिए आपत्ति छैन (एनओसी लेटर)’ भन्ने व्यहोराको पत्र समेत उनीहरुसँग थिएन । अध्यामगन अधिकृतले …

पुरा पढ्नुहॊस »

जनमत पार्टीद्वारा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग अवरुद्ध गरेको छ । सो पार्टीले किसान आन्दोलनअन्तर्गत सप्तरी-रुपनी खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेको हो । अवरोध र प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ । सिके राउतको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका कार्यकर्ता देखिन्छन् । किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूको भनाई छ । किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, …

पुरा पढ्नुहॊस »

बागमती किनार अतिक्रमण, संरचना हटाउन सूचना जारी

काठमाडौँ । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त गर्‍यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धनकै बाबुराम भट्टराईले पनि गरे सभामुख सापकोटाको विरोध

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद चर्किंदै जाने लक्षण देखिएको छ । यस क्रममा सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि एमसीसी अड्काउने दल र नेताहरूविरुद्ध निरन्तर टिप्पणी गरिरहेका छन् । डा. भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको पनि विरोध गर्न थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका माधव नेपाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई पदबाट नहटाएको भन्दै लगातार प्रतिनिधि सभाको बैठक अवरोध गरेर …

पुरा पढ्नुहॊस »

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको हो । दिउँसाे सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । …

पुरा पढ्नुहॊस »

नेपालमा कति जनाले लगाए काेराेनाविरूद्धकाे बुस्टर डोज?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ। कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज दिइरहेको छ। हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन्। उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार …

पुरा पढ्नुहॊस »

७ हजार ५५५ जना निकाे भए, ३ हजार ६३७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५८२ वटा नमुना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ देखिएको हाे। मन्त्रालयका अनुसार ६ हजार ४९९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २०५ जनामा र ५ हजार ८३ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ६९ हजार २९१ …

पुरा पढ्नुहॊस »