Tag Archives: mainnews

देउवाको कार्यशैलीबाट शेखर कोइराला पक्ष असन्तुष्ट

काठमाडौँ । बुधबार नेपाली कांग्रेसका दुई भातृसंस्था नेविसंघ र तरुण दल अध्यक्षमा क्रमशः डुजाङ शेर्पा र विद्वान गुरुङ मनोनीत भए । सभापति शेरबहादुर देउवाले मनोनयन गरेको विषय डा. शेखर कोइराला पक्षका लागि भने सरप्राइज भएको छ । सभापति देउवाले दुई भातृसंस्थामा अध्यक्ष मनोनयन गरेको पत्र तयार भइरहँदा शेखर पक्ष भने आन्तरिक छलफलका लागि बैठक बसिरहेको थियो । उक्त समूहको एजेन्डामा पनि भातृ संस्थामा गर्नुपर्ने मनोनयनका विषय परेको थियो । बैठकमा …

पुरा पढ्नुहॊस »

यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सफा रहने छ । विभागका अनुसार आज राति देशको पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहने …

पुरा पढ्नुहॊस »

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा अन्तरिम आदेश जारी भएन

सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो। कामु प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। कारण देखाउ आदेश जारी गरे पनि अन्तरिम आदेश भने आएन। सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ३७६ नमुना परीक्षणमा ३८ नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २६९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ९७ हजार ३०६ रहेकाे छ। काठमाडाैं उपत्यकामा १३ जना थपिएका छन् । जस मध्ये काठमाडाैंमा मात्र १३ जना थपिँदा ललितपुर र …

पुरा पढ्नुहॊस »

संगठित सदस्य ८ लाख ५५ हजार पुगेकाे एमालेको दाबी

एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुणा बढेको दाबी गरेका छन्। कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन्। ‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुणा बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

पुरा पढ्नुहॊस »

शेयर बजार : २० दशमलव ३४ अंकले घट्यो नेप्से

बुधवार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार र मंगलबार निरन्तर दोहोरो अंकले बढेको बजार आज २० दशमलव ३४ अंकले घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको हो। बुधवार २२६ वटा धितोपत्रको ३९ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। त्यस्तै, १३ वटा समूहमध्ये व्यापार समूह र …

पुरा पढ्नुहॊस »

सर्भरमा समस्या देखिएपछि देशभरका यातायात कार्यालयको सेवा बन्द

देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ। यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो। विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए। यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको …

पुरा पढ्नुहॊस »

उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनु पर्नेमा महामन्त्री थापाको जोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनु पर्ने बताएका छन् । बुधबार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनु पर्ने बताएका हुन्। नेपालमा नयाँ संविधान बनेर संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै उनले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताए। …

पुरा पढ्नुहॊस »

केपी ओलीकाे दाबी, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन्। एमालेको बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए। एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए। एमालेको काँधमा आजका समस्या र चुनौतीको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारासमेत रहेको उनले बताए। ‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ। एमाले देशको प्रमुख राजनीतिक पार्टी …

पुरा पढ्नुहॊस »

आजका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक स्थगन

मधेश प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराए। प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो। फागुन १ गते, १० गते र २२ …

पुरा पढ्नुहॊस »