शेयर बजार : २० दशमलव ३४ अंकले घट्यो नेप्से

बुधवार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। सोमबार र मंगलबार निरन्तर दोहोरो अंकले बढेको बजार आज २० दशमलव ३४ अंकले घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको हो।

बुधवार २२६ वटा धितोपत्रको ३९ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

त्यस्तै, १३ वटा समूहमध्ये व्यापार समूह र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ। राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको ८ करोड ४१ लाख ९४ हजार ६३९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ। १४, …

प्रतिकृया दिनुहॊस