काेराेना अपडेटः ३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ३७६ नमुना परीक्षणमा ३८ नयाँ संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २६९ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ९७ हजार ३०६ रहेकाे छ।

काठमाडाैं उपत्यकामा १३ जना थपिएका छन् । जस मध्ये काठमाडाैंमा मात्र १३ जना थपिँदा ललितपुर र भक्तपुरमा संक्रमित थपिएनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री