निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ। आयोगको बिहीबारको बैठकले घिसिङ र र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो। सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो। नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा प्रचण्ड र जनार्दन शर्मासँगै घिसिङको तस्बिर सार्वजनिक भएको थियो । आयोगले पोस्टरमा फोटो राखि प्रचार प्रसार गरिएको विषयमा विभिन्न …
पुरा पढ्नुहॊस »निर्वाचनका लागि ७० लाख मतपत्र छापिए
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ। ‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ।’ आवश्यक पर्ने …
पुरा पढ्नुहॊस »उम्मेदवारको सम्बन्धमा पार्टीले गरेको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्छः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको स्थानीय पार्टी कमिटीमा सहमति जुट्न नसके सो ठाउँमा तालमेल नहुने बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नव वर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई नै भएको बताए । उनले गठबन्धनका दलहरुका बीचमा देशभरी छलफल चलिरहेको उल्लेख गर्दै दलहरुका बीचमा स्थानीयस्तरमा …
पुरा पढ्नुहॊस »माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता छः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन्। खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्तिबीच एकजुट हुन आग्रह गरे। प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए। …
पुरा पढ्नुहॊस »राष्ट्रपति भण्डारीद्वारा राष्ट्रसेवक व्यक्तिहरूलाई विभूषण प्रदान
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छिन् । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक …
पुरा पढ्नुहॊस »वैदेशिक रोजगार विभागले संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र जारी गर्ने
वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ। श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए। विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ। अनलाइनबाट व्यक्तिगत र संस्थागत …
पुरा पढ्नुहॊस »अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका छन् । बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । आन्तरिक मतभेद पार्टीभित्रको विषय भएको उल्लेख गर्दै नेता कोइरालाले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरे । ‘नयाँ वर्षसँगै देश चुनावी माहौलले तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने …
पुरा पढ्नुहॊस »निर्वाचन आचारसंहितामा अन्योल : सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहिताको दफा ३६ का विषयमा अन्तरिम आदेश दिने वा नदिने टुंग्याउन दुवै पक्षलाई छलफलमा डाकेको छ । जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चले दुवै पक्षलाई बोलाएको हो । न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै दुवै पक्षलाई बोलाएको हो । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गत ७ चैतमा निर्वाचन आयोगको जनप्रतिनिधिले …
पुरा पढ्नुहॊस »नयाँ वर्ष २०७९ को शुभारम्भ
काठमाडौँ । आज विक्रम सम्वत् २०७९ साल वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन । नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. माधव भट्टराई बताउँछन् । ‘विक्रम …
पुरा पढ्नुहॊस »कांग्रेसले उम्मेदवार टुंगो लगाउन सात प्रदेशमा सात सहमहामन्त्री खटाउँदै
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो। उनीहरूलाई प्रदेशमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ। प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ। …
पुरा पढ्नुहॊस »