संगठित सदस्य ८ लाख ५५ हजार पुगेकाे एमालेको दाबी

एमाले अध्यक्ष केपी ओलीले संगठित सदस्यको संख्या तीन गुणा बढेको दाबी गरेका छन्।

कार्की ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत ओलीले उक्त दाबी गरेका हुन्।

‘गत असोजदेखि संगठनात्मक सुदृढीकरणको विशेष अभियान सञ्चालन गरेका थियौं, यसक्रममा नवौं महाधिवेशनको तुलनामा पार्टी सदस्यता विस्तार र नवीकरण झन्डै तीन गुणा बढेर आठ लाख ५५ हजार पुग्यो,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस