केपी ओलीकाे दाबी, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति हो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन्। एमालेको बुधबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए।

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए। एमालेको काँधमा आजका समस्या र चुनौतीको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारासमेत रहेको उनले बताए।

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ। एमाले देशको प्रमुख राजनीतिक पार्टी हो। वर्तमानको जनविश्वास, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नागरिकता त्यागेका पूर्वकर्मचारीको पेन्सन रोकियो

काठमाडौं । नेपाली नागरिकता त्यागिसकेका पूर्वराष्ट्रसेवकहरूको पेन्सन गत साउनदेखि रोकिएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि उनीहरूले नवीकरण गर्न सकेका छैनन् । विदेशको नागरिकता लिइसकेको भए पनि विगतमा पुरानो नागरिकताकै आधारमा उनीहरूले पेन्सन नवीकरण गर्दै आएका थिए । तर, गत साउनदेखि २८ जिल्लामा पेन्सन नवीकरणका लागि परिचयपत्र अनिवार्य गरेपछि उनीहरूको सुविधा रोकिएको हो ।

प्रतिकृया दिनुहॊस