सर्वोच्च अदालतले संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्चको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यायदेशमार्फत नियुक्त गरेको सम्बन्धमा कारण देखाउन आदेश जारी गरेको हो।
कामु प्रधानन्यायाधिश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त आदेश दिएको हो। कारण देखाउ आदेश जारी गरे पनि अन्तरिम आदेश भने आएन।
सिफारिसको विधि र प्रक्रियामा प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिकृया दिनुहॊस