सर्भरमा समस्या देखिएपछि देशभरका यातायात कार्यालयको सेवा बन्द

देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए।

यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after