काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । डिम्पल झा लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नी समेत हुन् ।
पुरा पढ्नुहॊस »स्थानीय तह निर्वाचन : आज र भोलि उम्मेदवारी दर्ता
काठमाडौं । यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ-आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको बताएको छ । विगतको …
पुरा पढ्नुहॊस »कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र आज सार्वजनिक गर्न लागेको हो । घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षाजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । त्यस्तै, घोषणापत्रमा कांग्रेसले गर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कामलगायतलाई समेत …
पुरा पढ्नुहॊस »जनताले राप्रपालाई वैकल्पिक शक्तिका रूपमा लिएका छन् : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन्। आज गृह जिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए। उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल …
पुरा पढ्नुहॊस »कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरेका हुन् । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीसँग अमेरिकी सांसदहरूको भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उनको सरकारी निवास बालुवाटारमा भेट गरेको हो। सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ। नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवर्द्धनबारेमा पनि विचार आदानप्रदान भएको …
पुरा पढ्नुहॊस »देशकाे समृद्धिका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो छः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा उनले मुलुकमा समृद्धि कायम गरि जनताको सुखको आकांक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले व्यक्तिवादी चरित्रले भासिएको एमालेले माक्सवाद र लेलिनवादका आदर्शलाई त्यागेका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरि नयाँ …
पुरा पढ्नुहॊस »एमसीसी पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरुद्वारा आभार
नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरुको तर्फबाट प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरण ऊर्जा नेपालको विकासका लागि अतिमहत्वपूर्ण स्रोत भएको कुरा आफूहरुले राखेको …
पुरा पढ्नुहॊस »गण्डकी प्रदेश : एमालेले २९ पालिकामा प्रमुख र उपप्रमुख टुंग्यायो
नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन्। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको अध्यक्षमा रिन्जिन गुरुङ र उपाध्यक्षमा दिकी गुरुङलाई टिकट दिएको छ भने लो घेकर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । विष्टलाई अध्यक्षमा दोहोर्याउन लागिएको हो भने गुरुङ जिल्ला समन्वय …
पुरा पढ्नुहॊस »मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?
काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २० दिन बाँकी छ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ …
पुरा पढ्नुहॊस »