मधेश प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराए। प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो। फागुन १ गते, १० गते र २२ …
पुरा पढ्नुहॊस »एमाले केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको …
पुरा पढ्नुहॊस »राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यस सँगै अब रेल संचालनकाे बाटाे खुलेकाे छ ।
पुरा पढ्नुहॊस »अब एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैनः वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। ‘घर घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरि निर्वाचनमा जानुपर्नेमा जोड दिए। स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरि तयारी थाल्न पौडेलले आग्रह गरे। जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो। तनहुँको विकास निर्माणको काम कांग्रेसकै …
पुरा पढ्नुहॊस »‘व्यापारघाटा घटाउने गरि कार्यक्रम बनाउनुस्’ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरि तथा व्यापारघाटा घटाउने गरि नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरि अघि बढ्न पनि निर्देशन गरेका थिए । उनले मन्त्रालय एवं माताहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ४४ नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ५९४ नमुना परीक्षणमा ४४ नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १ जनाकाे मृत्यु भएकाे छ भने ४८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ७३ हजार ६४२ रहेकाे छ ।
पुरा पढ्नुहॊस »निर्वाचनमा उठ्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयन नगर्न आदेश
स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले मंगलबार निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढ्यो
मंगलबार (आज) पनि शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १८ दशमलव ०७ अंकले बढेको बजार आज पनि १६ दशमलव ०४ अंकले बढेर २ हजार ६५० दशमलव ७० विन्दुमा पुगेको हो । मंगलबार २३५ वटा धितोपत्रको ५३ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबार …
पुरा पढ्नुहॊस »कलाकार पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दर्ता
नाबालिका बलात्कारकाे आरोपमा पक्राउ परेका नायक पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो। नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो। प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए। ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् । अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजाय मागदावी गरिएको जिल्ला …
पुरा पढ्नुहॊस »अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन्। देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश …
पुरा पढ्नुहॊस »