Tag Archives: mainnews

ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग गर्याे: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्। नुवाकाेटकाे शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।” ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो। प्रवक्ता महतले सो आयोजनाको रकम …

पुरा पढ्नुहॊस »

मानिसको मानसिकतामा परिवर्तन नभएसम्म समाज परिवर्तन हुँदैन : मन्त्री रेग्मी

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएकी छिन्। सिजन मिडियाद्वारा आज राजधानीमा आयोजित ‘दोस्रो नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ वितरण समारोहमा बोल्दै उनले आफ्नै बाबुआमा तथा छोराछोरीलाई सडकमा पुर्याउनेजस्ता मानवता हराइरहेका क्रियाकलाप देखिएकाले समाज परिवर्तनका लागि समाजसेवीहरूको खाँचो रहेको बताएका हुन् । मन्त्री रेग्मीले समाज परिवर्तनका लागि समर्पित समाजसेवीहरू आवश्यक रहेको र यस्ता कार्यक्रमले उनीहरूलाई अझै सेवाभावमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरि बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन्। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए। उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा …

पुरा पढ्नुहॊस »

मन्त्री कार्कीले भने, ‘आवश्यकताका आधारमा गठबन्धन हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा आज कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा मात्र गठबन्धन हुने बताए । मन्त्री कार्कीले विकास विनाको राजनीतिले देश र …

पुरा पढ्नुहॊस »

काेराेना संक्रमितकाे संख्या ८ जनामा सीमित

पछिल्लो २४ घण्टामा देशभर गरिएका २ हजार ६५५ नमुना परीक्षणमा ८ जना नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २१० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ४७ हजार ७०१ रहेकाे छ।

पुरा पढ्नुहॊस »

म्यादी प्रहरीका लागि दुई लाख ८९ हजार आवेदन

काठमाडाैँ । स्थानीय तहको निर्वाचनका लागि मागिएको म्यादी प्रहरी भर्नामा झन्डै तीन गुणा बढी आवेदन परेको छ । एक लाख म्यादी प्रहरी भर्ना मागिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । भर्नामा निकै उत्साहजनक रूपमा देशैभरि दरखास्त परेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । हरेक जिल्लाको संख्या तोकेर म्यादी …

पुरा पढ्नुहॊस »

चिनियाँ विदेशमन्त्रीको आज शीर्ष नेतासँग भेटवार्ता

काठमाडौँ । तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी’ले आज शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ शुक्रबार २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका थिए । विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् । वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल …

पुरा पढ्नुहॊस »

कांग्रेस बैठक आइतबार फेरि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ। शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन्। आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायतका विषयमा ब्रिफिङ गरेका छन्। शुक्रबारको बैठकमा प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् ।

पुरा पढ्नुहॊस »

दलहरू अब सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे। दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने, “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति …

पुरा पढ्नुहॊस »

चिनियाँ विदेशमन्त्री राजधानीमा, शनिबार द्विपक्षीय वार्ता हुने

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट राजधानी आइपुगेका छन्। चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरे। भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बेग्लाबेग्लै …

पुरा पढ्नुहॊस »