Tag Archives: mainnews

ग्यास विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनिचौरमा निर्माण भएको ३३-११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका छन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ । कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग …

पुरा पढ्नुहॊस »

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

काठमाडाैँ  । एक महिला प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी नै छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका ४ वटा वडामा कर्फ्यू जारी नै राखेको हो । अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, …

पुरा पढ्नुहॊस »

विश्वमै जलस्रोतको दोस्रो ठूलो देशमा खानेपानीको समस्या

काठमाडौँ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा आज मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन …

पुरा पढ्नुहॊस »

निर्वाचनमा गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुन्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन्। नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टीभित्र अन्य दलसँग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताए । उम्मेदवारको टुंगो लगाउँदा पनि मापदण्डका आधारमा समयमै टुंगो लगाउनुपर्नेमा जोड दिंदै कम्युनिष्टहरू अपरिपक्व भएकाले अहिले जनता कांग्रेसको पक्षमा रहेको बताए । करिब …

पुरा पढ्नुहॊस »

एनआरएनएको निर्वाचन नगर्न उच्च अदालतले दियाे अन्तरिम आदेश

उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै सो आदेश गरेको हो। अदालतले चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ। उक्त आदेशसँगै सङ्घको चैत १० र ११ गते गर्ने भनिएको …

पुरा पढ्नुहॊस »

“सङ्घीयताको जग भएकाले स्थानीय तहले जनताको आकाङ्क्षाअनुसार काम गर्नु पर्छ”

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन्। माेरङकाे सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उनले भने, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ।” प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए। उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको …

पुरा पढ्नुहॊस »

नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको पहिलो …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगका गतिविधिप्रति अध्यक्ष ओलीकाे तीव्र असन्तुष्टि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङसमेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले कांग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा …

पुरा पढ्नुहॊस »

कांग्रेसकै नेतृत्वमा देशमा विकास अभियान : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्। कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे। उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए। जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो। “खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, …

पुरा पढ्नुहॊस »