Tag Archives: mainnews

सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजारभन्दा कम, थप १८ नयाँ सङ्क्रमित

देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३०९ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १०५ रहेको छ। पछिल्लो समय थप २७१ सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या …

पुरा पढ्नुहॊस »

९० करोड ५५ लाख बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम

काठमाडौं । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निणर्य गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । उनले भने, ‘मन्त्री …

पुरा पढ्नुहॊस »

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए । मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, शर्तसहित चुनावी तालमेलको निर्णयको सम्भावना

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने छ । आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ । पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी अर्को मुख्य तीन एजेण्डा रहेको …

पुरा पढ्नुहॊस »

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै, के-के छन् कार्यक्रम ?

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री …

पुरा पढ्नुहॊस »

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्।

पुरा पढ्नुहॊस »

थाइल्यान्डसँग नेपाल पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग २-० अन्तरले पराजित भएको छ। थाइल्यान्डको चोनबरीमा भएको खेलमा नेपालले पहिलो हाफमा घरेलु टोलीलाई रोके पनि दोस्रो हाफमा भने दुई गोल बेहोर्न पुग्यो। थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे। फिलिपले ७८औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए। चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे। यस खेलसँगै प्रशान्त अवस्थीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो …

पुरा पढ्नुहॊस »

कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। जोशी आज साँझ नै धरौटी बुझाएर रिहा भएका छन् । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री: गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने

तनहुँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने भनेका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आज बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने उनको धारणा छ ।  प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने प्रधानमन्त्री देउवाले बताए । तनहुँ ऐतिहासिक …

पुरा पढ्नुहॊस »

कोरियामा श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो, ७७ हजार नेपाली लाभान्वित

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः खोलिए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो । दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूणर् प्रवासी श्रमिकको प्रवेशाज्ञा एक …

पुरा पढ्नुहॊस »