Tag Archives: mainnews

सेन्ट जेभियर्स, बूढानीलकण्ठ र सेन्ट मेरिजलाई शिक्षामन्त्रीले भनिन्- पहुँचका आधार विद्यार्थी भर्ना नगर्नुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कुलका प्रिन्सिपलहरूलाई आग्रह गरेकी छन् । ती विद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरूलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई निर्धारित विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा भर्ना लिन भनेकी हुन् । ‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईँहरूको त …

पुरा पढ्नुहॊस »

जलवायु परिवर्तनले यौन इच्छामा कमी, महिलाको प्रजनन् स्वास्थ्यमा गडबडी

जलवायु परिवर्तनबाट हुने मौसमी घटनाका कारण महिला तथा पुरुषमा यौन इच्छामा कमी हुँदै गएको एक तथ्यांकले देखाएको छ । यस्तो परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अनुसन्धान गरिरहेको आईपास नेपालको सन् २०२३ को तथ्यांकले देखाएको हो ।

पुरा पढ्नुहॊस »

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केही नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केही नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यही उत्तर दिने बताउँदै आफूमाथि …

पुरा पढ्नुहॊस »

सुनकोशीमा बेपत्ता दुई बालकको शव भेटियो, एकको अवस्था अझै अज्ञात

काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिक मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव भेटिएको हो । मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ का रिदम मगरको शप मृत फेला परेको थियो । रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभ …

पुरा पढ्नुहॊस »

धनगढीका मेयर हमालकी छोरी भेटिइन्, दिए सम्पूर्णलाई धन्यवाद

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल (गोपी) हमालकी छोरी आरती फेला परेकी छन् । सोमबारदेखि सम्पर्कविहीन भएकी उनी बुधबार सकुशल फेला परेकी हुन् । ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी थिइन् । साथीबाट सम्पर्कविहीन भएको जानकारी पाएको मेयर हमालले खोजी गरिदिन सार्वजनिक आग्रह गरेका थिए । सबैको सहयोगमा छोरी फेला परेको मेयर हमालले सामाजिक सञ्जालमार्फत बताएका छन् । …

पुरा पढ्नुहॊस »

फेरि कीर्तिमानतर्फ सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ४०० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८ सय पुगेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २ सय रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८ …

पुरा पढ्नुहॊस »

पँधेरोमा नुहाउन गएकी युवतीको घाँटी रेटेर विभत्स हत्या

काठमाडौं । पाल्पामा एक १९ वर्षीया युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव भेटिएको हो । मंगलबार दिउँसो घर छेउको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले शरीरका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएका छन् । दिउँसो ४ बजेघर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. चैत १४, २०८० । ई.सं. 27 Mar, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ चिल्लागा । पिङ्गल उत्तरायण वसन्त । बुधबार चैत्र कृष्णपक्ष । तिथि द्वितिय १५:३७ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र चित्रा १५:०५ बजेसम्म, त्यसपछी स्वाती । योग व्याघात २१:५१ बजेसम्म, त्यसपछी हर्षण । करण गर १५:३७ बजेसम्म, त्यसपछी वणिज ०४:१७ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि तुला । आनन्दादि योग काल । दिनमान १२:१६ …

पुरा पढ्नुहॊस »

बागमती र कोशीमा वर्षा, दिउँसो कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मधेश र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी …

पुरा पढ्नुहॊस »

श्रीले भित्र्यायो २ बम्बार्डियर, बन्यो सर्वाधिक जहाज र हेलिकोप्टर भएको नेपाली कम्पनी

काठमाडौं – श्री एयरलाइन्सले ८० सिट क्षमताका दुईवटा जहाज भित्र्याएको छ । कम्पनीले मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन-एओके र नाइन एन-एओएल जहाज भित्र्याएको हो । यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको श्री एयरले जनाएको छ । क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ‘पीडब्लूआई ५० ए’ भरपर्दो रहेको श्री एयरले जनाएको छ । …

पुरा पढ्नुहॊस »