Tag Archives: mainnews

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

गगन थापाको प्रस्ताव : कांग्रेस-एमाले मिलौं, साना दोकान बन्द गरौंं

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सिर्जना गर्नुपर्ने अवस्था रहेको बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रञ्जिता विवादलाई संकेत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘साना पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने । थापाले नेपाली कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान …

पुरा पढ्नुहॊस »

शिक्षामन्त्री श्रेष्ठको प्रतिबद्धता- म र मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् । विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति-क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफू विश्वविद्यालयहरूको पदेन सहकुलपति भए पनि कुनै पनि उपकुलपति वा पदाधिकारीलाई आफू वा आफ्नो पार्टीका मान्छेलाई नियुक्ति दिनु वा यस्तो काम गरिदिनु भनेर नभन्ने बताएकी हुन् । ‘मेरो पार्टीबाट विश्वविद्यालयमा कुनै दबाब …

पुरा पढ्नुहॊस »

सुनको भाउले राख्यो फेरि नयाँ रेकर्ड, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । तेजाबी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी …

पुरा पढ्नुहॊस »

मलामीले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

काठमाडौं । मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एक जना कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ बुढीखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुई जना व्यक्तिले चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो । मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेतिर मलामी आएका इटहरी उपमहानगरपालिका-४ गैरीगाँउका ३७ वर्षीय उमेश तामाङ …

पुरा पढ्नुहॊस »

गठबन्धनमा खटपटको संकेत

काठमाडौं । सत्ता समीकरणमा फेरि दरार उत्पन्न भएको छ । सत्तारूढ नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकार बनाउन केन्द्रीय समझदारीविपरीत नेपाली कांग्रेसलाई साथ दिएपछि गठबन्धन दलमा दरार उपन्न भएको हो । यसले समीकरण बनेको डेढ महिनामै सत्तारूढ दलहरू फेरि टाढिन थालेको कतिपयको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिमबाट विद्रोह गरेपछि समीकरणमा रहेका दलहरूबीच दूरी बढेको छ । दूरी …

पुरा पढ्नुहॊस »

बढ्यो पेट्रोल-डिजेलको भाउ (मूल्य सूचीसहित)

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । नेपाल आयल निगमले बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

पुरा पढ्नुहॊस »

डीआईजी जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा जोशी र ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नागढुंगा-नौबिसे मुख्य सुरुङ मार्ग वारपार, प्रधानमन्त्रीले गरे उदघाटन

काठमाडौँ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय …

पुरा पढ्नुहॊस »