इक्यानलाई ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरु आबद्ध संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’ प्राप्त गरेको छ । इक्यानलाई यात्रा प्लस र एक्जिटो इभेन्टले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त अवार्ड प्रदान गरेको हो ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले अवार्ड ग्रहण गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि रमेश कुमार सिलवाल लगायत अतिथिहरुले सम्मानित व्यक्तिहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

एक्जिटो एक्सेलेन्स अवार्ड २०२४ अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गर्ने क्रममा इक्यान र इक्यान अध्यक्ष भट्टराईलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै अध्यक्ष भट्टराईले अवार्डले थप जिम्मेवारीबोध गराएको बताए । ‘यो अवार्ड प्राप्त हुनुमा इक्यानका सम्पूर्ण सदस्यहरुको योगदान रहेको महसुस गरेको छु,’ उनले भने, ‘इक्यानलाई थप बलियो बनाउन र सक्रिय बनाउनमा अवार्डले उत्साह प्रदान गरेको छ ।’

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको यात्रा प्लसका सिइओ अनुजा आचार्यले जानकारी दिइन् । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफ्रिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइफ कम्प्युटरले छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई …

प्रतिकृया दिनुहॊस