Tag Archives: mainnews

नेप्सेको उकालो यात्रा कायमै, ७५ अंकले बढेर २५६३ विन्दुमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ७५ अङ्कले बढेको छ । यस दिन नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको हो । ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ । मंगलबार बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर …

पुरा पढ्नुहॊस »

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ । महानगरले काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरवार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन निर्देशन दिएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेस-एमाले मिलेपछि सुदूरमा घटाइयो मन्त्रालय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएको छ । १० वटा मन्त्रालय बनाइएकोमा मन्त्रालय सङ्ख्या घटाइएर ७ वटा मन्त्रालय सङ्ख्या कायम गरिएको हो । मन्त्रिपरिषदको साउन ६ गते बसेको बैठकले मन्त्रालय सङ्ख्या घटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले जानकारी दिए । उक्त निर्णय प्रदेश प्रमुख नजिर मियाँबाट प्रमाणीकरण हुन भने बाँकी रहेको बताइएको छ । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, …

पुरा पढ्नुहॊस »

काठमाडौंको ढलमा पोलियो, बालबालिकालाई पोलियो खुवाउने महानगरको योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर ५ बर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको छ । यो विशेष पोलियो खोप अभियान हो । अभियान साउन ९ गते सुरु हुनेछ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन अनुरोध गरिएको छ । पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ …

पुरा पढ्नुहॊस »

मुकुल भन्छन्- अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी आएको थियो, मसँग भएको प्रमाण दिन्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले छानबिन गर्नुपर्ने बताएका हुन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरेपनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनको भनाई छ । ‘उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्जनपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसो …

पुरा पढ्नुहॊस »

संसद् बैठक आज : सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

पुरा पढ्नुहॊस »

सेमिफाइनल पुग्न जित्नैपर्ने दबाबमा नेपाल, आज भारतको सामना गर्दै

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज जित्नै पर्ने खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि रातिदेखि नै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन् । उनले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग …

पुरा पढ्नुहॊस »