सुनकोशीमा बेपत्ता दुई बालकको शव भेटियो, एकको अवस्था अझै अज्ञात

काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिक मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव भेटिएको हो ।

मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ का रिदम मगरको शप मृत फेला परेको थियो । रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभ न्ने स्थानमा फेला परेको थियो ।

अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेलिसकेपछि सुनकोशीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस