व्यवसायबाट आत्मनिर्भर बन्दै प्रिया (भिडियोसहित)

एउटी महिला छोरी हुँदै विभिन्न भूमिका निर्वाह गर्दै अघि बढ्छन् । ब्यागमाण्डु र कटन विङ्सकी सञ्चालक प्रिया मानन्धर महिला उद्यमशीलतालाई पछ्याउँदै अगाडि बढ्दैछिन् ।

विशुद्ध गृहिणीका रूपमा रहँदा आफ्नी सानी छोरीले किन घरमा मात्रै बस्नुहुन्छ ? अफिसमा किन काम गर्नुहुन्न ? भनेको भनाईले घरभन्दा बाहिर निस्केर काम गर्न प्रेरणा मिलेको प्रिया बताउँछिन् । उनी व्यवसायमा पनि संलग्न थिइनन् । छोरीको ख्याल गर्थिन् । घर मज्जाले चलाइरहेकी थिइन् ।

यसैबिच छोरीको भनाइले आफूलाई भित्र मुटुमै छोएको र काम गर्ने हुटहुटी जागेको प्रिया बताउँछिन् । आजकाल रिल्सका कारण उनको दैनिकी फेरिएको छ । व्यवसाय प्रचारको माध्यम सामाजिक सञ्जाललाई बनाएकी उनी यसबाट धेरै माया पाएको बताउँछिन् । अनलाइनबाट अर्डर आउने क्रम बाक्लो छ भने प्रत्यक्षरुपमा पसलमा आउने ग्राहकको संख्या पनि थामिनसक्नुनै देखिन्छ ।

बुढानीलकण्ठको पार्क भिलेज रिसोर्ट नजिकै रहेको कटन वीङ्स र व्यागमाण्डु प्रियाले सञ्चालन गरिरहेकी छिन् । ‘वाउ’ म्यागेजिनमा बजार प्रतिनिधिकारूपमा करियर सुरु गरेकी उनले लामो समय त्यहाँ काम गरिन् । त्यसपछि ग्यालेक्सी टिभीको द मर्निङ शोमा मार्केटिङ गरिन् ।

जागिरे जीवनबाट अलग रहेर केही नयाँ गर्ने हुटहुटी उनीमा थियो । डेढ वर्ष पहिले सानै भएपनि आत्मनिर्भर बन्छु भन्ने अठोटका साथ व्यवसायमा हात हालेकी छिन् । उनै महिला उद्यमी प्रिया मानन्धर आफ्नो व्यवसायका बारेमा यस्तो भन्छिन् :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ …

प्रतिकृया दिनुहॊस