फेरि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार पनि पहेंलो धातु सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६००रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५००रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि १०० रुपैयाँले नै घटेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

यो दिन चाँदीको भाउ भने १५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस