‘रविरत्न’माथि घरबेटीलाई बलात्कार गरेको आरोप

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । केही समयदेखि युट्युबमा उछृंखल अन्तर्वार्ता दिँदै हिँडेका रविरत्न चुँडाल बलात्कार आरोपमा पक्राउ गरेका छन् । झण्डै एक वर्ष अघि काठमाडौँकै ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।

महिलाले सुरुमै जाहेरी दिएपनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । तर अदालतले जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको हो । पछिल्लो पटक २०८० जेठ १७ गते चुँडालले बलात्कार गरेको दाबी महिलाले गरेकी छन् । बलात्कार मुद्दाको एक वर्षे हदम्याद सहिनु केहीदिन अघि मात्रै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो ।

जाहेरी दर्तापछि पनि लामो समयसम्म चुँडाल पक्राउ परेका थिएनन् । महिलाले पनि सार्वजनिक रूपमै आफूले न्याय नपाएको बताउँदै आएकी थिइन् । महिलाले आफ्नै गरेमा भाडामा बसेर आफूमाथि नै बलात्कार गरेको आरोप लगाएकी हुन् ।

दुई साताअघि ती महिलाले एक युट्युब च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । ‘दुईचोटि खुट्टा ढोगेपछि विश्वास गरेर भाडामा राखेँ । आफ्नो दाजुभाइ जस्तो सोचेँ । आफ्नो सन्तानजस्तो मानेको थिएँ । तर, उसले ममाथि विश्वासघात गर्‍यो,’ ती महिलाले भनेकी छन् ।

केही दिनअघिबाट फेरि उनी युट्युबमा जथाभाबी अन्तर्वार्ता दिँदै हिँडेका थिए । कांग्रेस महामन्त्री गगन थापालाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएका उनले गृहमन्त्री रवि लामिछानेको प्रशंसा गरेका थिए । चुँडाल यसअघि लागु औषधको मुद्दामा पनि कैद भुक्तान गरेका व्यक्ति हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिने क्षतिपूर्ति १० लाख पुर्‍याइने

काठमाडौं । श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका परिवारले …

प्रतिकृया दिनुहॊस