Tag Archives: mainnews

त्रिभुवन विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरीलाई एकैपल्ट हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरी अधिकारीलाई एकैपल्ट हटाइएको । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरताहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरेका छन् । यसरी जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । थप ५० बढी प्रहरी समेत लामो समयदेखि त्यहीँ कार्यरत रहेको भए पनि तत्काल हटेका छैनन् …

पुरा पढ्नुहॊस »

कर्णाली पुलका क्षतिग्रस्त वस्तुको ल्याब परीक्षण, आवागमन खुल्न अझै तीन दिन लाग्ने

काठमाडौं । सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । बुधबारदेखि प्राविधिकको टोलीले क्षतिग्रस्त वस्तुको अध्ययन गरिरहेको हो । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गरिने बताए । आगलागीबाट पुलको दुवैतर्फका सात-सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको छ ।

पुरा पढ्नुहॊस »

सक्रिय हुन थाल्यो स्थानीय वायु, बदली र वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २ सय ६८ जना सांसदले मतदान गरेका थिए। ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र …

पुरा पढ्नुहॊस »

शिवपुरी जङ्गलमा गाडिएको अवस्थामा भेटियो एक महिनादेखि बेपत्ता किशोरीको शव

काठमाडौं । एक महिनादेखि हराइरहेकी एक किशोरीको शव हत्या गरी जङ्गलमा गाडिएको अवस्थामा भेटिएको छ । गोकर्णेश्वर नगरपालिका-३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा किशोरीको शव फेला परेको हो । फागुन २४ गते बिहीबार राति पौने ७ बजे स्थानीयले दुई वटा हात मात्रै देखेका थिए । उक्त हात फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हात मात्रै देखिएको शरीर गाडिएको अवस्थामा शव फेला परेको खबरपछि प्रहरी टोली खटिएको जिल्ला …

पुरा पढ्नुहॊस »

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न उठाएका छन् । बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्रीको यात्रा कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन् । उनले भने- ‘कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर …

पुरा पढ्नुहॊस »

रविलाई गृह मन्त्री बनाएकोमा कांग्रेसले संसद्‌मा जनायो आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै संसदमा ध्यानाकर्षण गराएको छ । कांग्रेस सांसद सुशिला थिङले प्रधानमन्त्रीले विवादित मन्त्रीलाई सरकारमा ल्याएको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले विगतमा विवादित मन्त्रीको विषय संसदमा उठिरहेको बेला प्रधानमन्त्रीले फेरि विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन् । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई सरकारमा सामेल गराएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताइन् । उनले पूर्व उपराष्ट्रपतिको परिवार सुन …

पुरा पढ्नुहॊस »

प्रिय रन्जिता, मैले तिमीलाई सम्झाउन सकिन : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष र आफूबीचको विवाद घर झगडा नभएर विषय राजनैतिक भएको बताएका हुन् । तर पत्नीसमेत रहेकी अध्यक्ष रन्जितालाई सम्झाउन नसकेको उनको भनाई छ । ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ …

पुरा पढ्नुहॊस »

तुल्सीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका-१ स्थित कालाकाटे जुरौनीमा प्रदेश ३-०१-००६ ख ०९७४ नम्बरको रात्रीबस दुर्घटनामा परेको हो ।

पुरा पढ्नुहॊस »