Tag Archives: mainnews

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक  गरेको  छ । यस वर्ष चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको  हो ।

पुरा पढ्नुहॊस »

एसईईको नतिजा सार्वजनिक हुदै

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक   गर्ने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र केही बेरमा नतिजा प्रकाशन हुने बताईएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

पुरा पढ्नुहॊस »

म डेरावाला क्वारेन्टाइनमा कसरी बस्ने !

डम्मर बम एउटा घर, सामान्यतया १० देखि १५ वटासम्म कोठा, केहीले दुई कोठासम्म त केहीले एक एक कोठा भाडमा लिएका, एउटा तलमा ५ वटासम्म कोठा, एउटा कोठमा तीन जनासम्म मान्छे, पाँचै कोठाको लागि एउटै शौचालय र वाथरुम, हप्तामा एकदिन आउने खानेपानी भर्न सबैले लाईन लाग्नुपर्ने, राम्रो जागिर हुनको बसाई आरामदायी होला तर अधिंकाश निम्न आय भएका र विद्यार्थीहरुको वाध्यात हो, काठमाण्डौको बसाई र अवस्था । उच्च शिक्षा र उज्वल भविश्यको …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थप १६८ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १३९, ललितपुरमा १५  र भक्तपुरमा १४ जनामा देखिएका छन् । आज देशभरमा  ५ सय ८१ जना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ भने  मृत्यु हुनेको संख्या १ सय ७ जना पुगेको छ ।

पुरा पढ्नुहॊस »

थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार २ सय नाघ्यो

काठमाडौं । आज सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ५८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ७ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोना कहर : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघ्यो, ७ लाख ७३ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ४५ लाख ५८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ४५ लाख ५८ हजार ३२३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट …

पुरा पढ्नुहॊस »

आजको मौसम : कहाँ-कहाँ छ वर्षा र बाढीको जोखिम ?

काठमाडौं । अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक-दुई स्थानहरुमा वर्षा भईरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भइरहेको हो । साथै बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्लाका एक पुरुष र मोरङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । जसमध्ये ८१ पुरुष र २३ महिला रहेका छन् ।

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा एकैदिन थपिए १७२ कोरोनाका संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना गरी १७२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको …

पुरा पढ्नुहॊस »

नेपालमा फेरि बढे संक्रमित, एकैदिन ६४१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेहरुको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ६४१ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । यसअघि हिजो ४६८ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये हालसम्म १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »