Tag Archives: mainnews

बैंकहरूले घटाए ब्याजदर, अब कुन बैंकको कति ?

काठमाडौं । वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियाे । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् । नबिल …

पुरा पढ्नुहॊस »

हिँडेरै अस्पताल पुगेकी २२ वर्षीया भीमाको पाठेघर सफा गर्दा मृत्यु

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । हिँडेरै अस्पताल पुगेकी दैलेखको आठबिस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । उनी दैलेखबाट उपचारका लागि केही दिाअघि सुर्खेत पुगेकी थिइन् । सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको निजी अस्पतालमा पुगेकी उनको त्यहाँ पाठेघरमा केही समस्या देखायो । त्यसपछि आफैं हिँडेर भीमा प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् …

पुरा पढ्नुहॊस »

वर्षाले घटाएन वायु प्रदूषण, काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । देशभर बुधबार र बिहीबार पानी परेपनि प्रदूषण र तुवाँलो भने कायमै छ । एक सातादेखि हरेक दिन मानव स्वास्थ्यलाई हानि गर्ने स्तरमा प्रदूषणको तह पुग्दै आएकोमा वर्षा भएपनि त्यो कायमै रहेको हो । आज बिहान साढे ९ बजेको रेकर्ड अनुसार  काठमाडौं विश्वकै दोस्रो सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं विश्वको दोस्रो बढी वायु प्रदूषण भएको …

पुरा पढ्नुहॊस »

बाजुरामा फेरि गयो भूकम्प, आसपासका क्षेत्रमा धक्का महसुस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । सूदूरपश्चिममा बेला बेला भूकम्प जाने क्रम जारी छ ।

पुरा पढ्नुहॊस »

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारवाही होस्, हाम्रो साथ छ : गगन थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक भएको बताएका हुन् । उनले भनेका छन्, ‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिका बीचमा …

पुरा पढ्नुहॊस »

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो …

पुरा पढ्नुहॊस »

काठमाडौँसहित पहाडी भूभागमा वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान माहाशाखाले उपत्यकासहित पहाडी क्षेत्रमा साँझसम्म हल्का वर्षा भइरहने सम्भावना रहेको जनाएको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको बताए । उनका अनुसार पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ …

पुरा पढ्नुहॊस »

भाग पुर्‍याउन गण्डकीमा फुटाइयो मन्त्रालय

काठमाडौं । गण्डकीमा भागबण्डा मिलाउन मन्त्रालय बढाइएको छ । गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पु-याएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको हो ।

पुरा पढ्नुहॊस »

सिन्धुलीमा एनसेल टावरमा विस्फोट

काठमाडौं । सिन्धुलीमा कुकर बम विस्फोट भएको छ । बुधवार राति जिल्लाको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको हो । विस्फोटबाट टावरमा व्यापक क्षति भएको प्रहरीले जनाएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको छ ।  

पुरा पढ्नुहॊस »