Tag Archives: mainnews

यस्तो छ पहिरोले २ बस बगाएको स्थान (फोटोफिचर)

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको हो । ती दुई बसमा गरेर करिब ६५ जना यात्रु रहेको प्रारम्भिक …

पुरा पढ्नुहॊस »

कास्कीमा पहिरोमा परि एकै परिवारका ७ सहित ११ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । गए राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारीसहित ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । यस्तै पोखरा–३२ मा चैनपुरमा आरती …

पुरा पढ्नुहॊस »

पाँचौँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, यस्तो छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेसहितका पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार …

पुरा पढ्नुहॊस »

लेदोसहितको पहिरोले दुई बस त्रिशूली नदीमा पुर्‍याएको खबर, ५० भन्दा धेरै यात्रु बेपत्ता

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन् । ती बसमा चालकसहित ५० जना रहेको अनुमान छ । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार जानकारीअनुसार गौर जाँदै …

पुरा पढ्नुहॊस »

कांग्रेस महामन्त्रीद्वयले गरे ओली सरकारमा मन्त्री नबन्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले एमाले नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन् । पूर्व पुगेका उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र झापा-१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागिरहेको बेला सरकारमा सहभागी नहुने बताएका हुन् । यद्यपि सभापति शेरबहादुर देउवाले पनि उनलाई सरकारमा पठाउन चासो भने देखाएका …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्विप

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । ‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम …

पुरा पढ्नुहॊस »

शनिबारसम्म भीषण र अत्यधिक वर्षाको प्रक्षेपण, कुन कुन जिल्लामा छ जोखिम ?

काठमाडौं । दुईवटा मौसमी प्रणाली एकसाथ सक्रिय हुँदा शनिबारसम्म देशभर वर्षाको प्रक्षेपण गरिएको छ । मनसुन न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै बिहीबारबाट उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने भएपछि मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षाको आकलन गरेको हो । मनसुन रेखा पश्चिम (सुदूर र लुम्बिनीको पश्चिम) बाहेकमा नेपालतिर सर्न थालेकाले मध्य र पूर्वी नेपालमा भीषण र अत्यधिक वर्षाको चेतावनी दिइएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार बिहानसम्म कोशी, …

पुरा पढ्नुहॊस »

बुढानीलकण्ठमा देउवा-ओली दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास बुढानीलकण्ठमा बुधबार साँझ उनीहरूबिच भेटवार्ता भएको हो। आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नै तयार गरिसकेका देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका हुन् । नयाँ सत्ता समीकरण गर्ने सहमति गरेका दुई नेताले भावी योजनाको बारेमा छलफल गरेको बताइएको छ । उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको छ । सरका गठनको …

पुरा पढ्नुहॊस »

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा नजिकै पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । आज बिहान करिब ५ बजे मौवाखोला नजिकै ढुङ्गा र लेदो माटोसहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा जाममा परेका सवारी साधनहरुलाई पालैपालो गन्तव्यमा पठाइएको छ ।

पुरा पढ्नुहॊस »

बाग्लुङको तिताैरेमा पहिरोले घर पुर्दा खिलकुमारीले गुमाइन् ज्यान

काठमाडौं । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएकी बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

पुरा पढ्नुहॊस »