Tag Archives: mainnews

अवैधरुपमा नेपाल बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । पक्राउ परेका १० बङ्गलादेशीलाई अध्यागमन विभागमा बुझाइएको छ । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको हो । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा …

पुरा पढ्नुहॊस »

पोर्चुगलको समुद्रमा डुबेर धादिङका युवाको मृत्यु, अर्का बेपत्ता

काठमाडौं । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीकै सुनिसक्यौं, अब गृहमन्त्रीको कुरा सुन्नुको कुनै अर्थ छैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका व्यक्तिमाथि संसदीय छानबिन समिति गठनको विकल्प नभएको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो । सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राख्दै आएको कांग्रेसले यसैलाई ‘बटमलाइन’ बनाएको छ । ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि …

पुरा पढ्नुहॊस »

रेशमलाई अध्यक्षको मान्यता नदिनुको कारण के हो ?

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको छ । चौधरीले आफूलाई अध्यक्षको मान्यता दिन माग गर्दै शुक्रबार दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बाटोको म्यादबाहेक १५ दिनभित्र निर्वाचन आयोगले अध्यक्षमा चौधरीलाई अस्वीकार गर्दै रञ्जीता श्रेष्ठलाई नै मान्यता दिनुको कारण पेश गर्न भनेको हो । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल …

पुरा पढ्नुहॊस »

सुनको भाउ हालसम्मकै महँगो, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । यो हालसम्मकै उच्च हो । आज तेजाबी सुन पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ …

पुरा पढ्नुहॊस »

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सरकारले तोकेका कथित निषेधित क्षेत्रहरू स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्सि मंगलबार हुने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने उसको चेतावनी छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै यही चैत्र २७ गते पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गर्ने बताए । चैत २७ गते बिहान ११ बजे भृकुटीमण्डबाट प्रदर्शन सुरू गरिनेछ । उनले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । सरकारले जुलुसलाई …

पुरा पढ्नुहॊस »

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए सपथ

काठमाडौं । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हुन् भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन् । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम …

पुरा पढ्नुहॊस »

हतियारधारी समूहले लुट्यो ‘मनि ट्रान्सफर’को १५ लाख

काठमाडौं । सिराहामा हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरका लागि पुरुषोतम यादवले १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् । जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरुले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका …

पुरा पढ्नुहॊस »