Tag Archives: mainnews

बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ हजार ४ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भइरहेको …

पुरा पढ्नुहॊस »

सौर्यको जहाज दुर्घटना : मृतक आफन्तहरुले कहिले पाउँछन् शव ?

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, …

पुरा पढ्नुहॊस »

सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुर्घटनाले विभिन्न संशय उब्जाएकै बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न …

पुरा पढ्नुहॊस »

एचसीसीएनको डिनमा चन्द्र ढकाल, आर्थिक कूटनीति प्रवर्द्धन उच्च प्राथमिकतामा

काठमाडौं । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारणसभा तथा चार्टर डे सम्पन्न गरेको छ। साधारणसभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ। हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

मन्त्रिपरिषद् बैठक : सौर्य जहाज दुर्घटना छानबिन गर्न समिति गठन, ४५ दिनभित्र प्रतिवेदन पेस गरिने

काठमाडौं । सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरि ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार  पूर्वमहानिर्देशक सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग …

पुरा पढ्नुहॊस »

टिचिङ अस्पताल परिसरमा शोकाकुल आफन्त

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई जिम्मा लगाउने अस्पतालका एक अधिकारीले जानकारी दिए । अस्पतालबाहिर …

पुरा पढ्नुहॊस »

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको वरियतामा पनि सुधार (सूचीसहित)

काठमाडौं । सिंगापुरको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको छ । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका १९५ गन्तव्यमा बिना भिसा यात्रा गर्न …

पुरा पढ्नुहॊस »

सौर्यको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

विमान दुर्घटना हृदयविदारक र अकल्पनीय : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ …

पुरा पढ्नुहॊस »