Tag Archives: mainnews

प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं ।  नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। नेपाल प्रहरीको प्रधान कार्यालयस्थित बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा भएको जानकारी दिएको छ । बढुवा हुनेमा इन्सपेक्टर निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राजेन्द्रको व्यंग्य : कांग्रेसले टिकट नदिएपछि जाने ठाउँ रास्वपा थियो, सहकारी प्रकरणले बन्द हुने भो !

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सहकारी प्रकरणपछि पार्टीले टिकट नदिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने बाटो बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यो बाटो बन्द गरिएकोमा आफूलाई चिन्ता लागेको भनी व्यंग्य गरे । रास्वपा उपसभापति स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै बजगाईँले कांग्रेसले टिकट नदिएपछि अवसर खोज्दै जाने ठाउँ रास्वपा थियो भनेका हुन् । ‘कांग्रेस पार्टीले टिकट नदिएपछि अर्को जाने ठाउँ राष्ट्रिय …

पुरा पढ्नुहॊस »

‘वैवाहिक बलात्कार’ मुद्दामा निलम्बित न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश

काठमाडौँ । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो । वैवाहिक बलात्कार कसुरमा गिरीकी श्रीमती परिवर्तित नाम २६ परिसरको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला …

पुरा पढ्नुहॊस »

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् । संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाउने छन् । यसअघि मुख्यमन्त्री शर्माले मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए । तर, केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि …

पुरा पढ्नुहॊस »

निलम्बित न्यायाधीश पत्नीले सर्वोच्चको इजलासमै शंकास्पद वस्तु खाइन्

काठमाडौं । पूर्व न्यायाधीश भुवन गिरीकी पत्न आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन् । आरतीले मुद्दाको बहस चल्दाचल्दै विष पिएकी हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । कपिलवस्तु जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक आन्दोलन गरिरहेकी छन् । श्रीमान …

पुरा पढ्नुहॊस »

बेचिनबाट जोगिए पाँच महिला, गौशालाको होटलबाट उद्धार

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए । बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरूलाई तेस्रो …

पुरा पढ्नुहॊस »

कठोर बन्दै रञ्जिता, सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई हटाइन्

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् । उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन् । रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । तर, रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता …

पुरा पढ्नुहॊस »

बहसका लागि गृहमन्त्री लामिछानेलाई कांग्रेसको निम्तो, तोक्यो ठाउँ

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि तयार हुन आग्रह गरेको छ । गृहमन्त्रीले कांग्रेससँग खुला छलफलका लागि तयार भएको तर्क गरेपछि कांग्रेसले संसद्‌मा जवाफ फर्काएको हो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीलाई संसदीय समितिमा बहस गर्न चुनौती दिएका हुन् । ‘माननीय गृहमन्त्रीजीमा उत्साह छ । उर्जा छ, बोल्दै गर्दा हामीभन्दा ठूलै स्वरमा बोल्न सक्नुहुन्छ । आउनुस् बहस …

पुरा पढ्नुहॊस »

सुनमा नयाँ कीर्तिमान : एकैदिन १८ सयले बढेर १ लाख ३३ हजार पुग्यो मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउले इतिहास रचेको छ । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १८ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख ३२ हजार ३ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

पुरा पढ्नुहॊस »