लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सयर रुपैयाँमा कारोबर भइरहेको छ ।

तेजाबी सुनको भाउ पनि १८ सय रुपैयाँले नै घटेको छ । यो दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

चाँदीको भाउ भने १० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । आज चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९० रुपैयाँ तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस