हिमालयन बैंकले बढायो पाँच प्रतिशत नाफा

काठमाडाैँ । ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब १६ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ५ अर्ब ५७ करोड २१ लाख रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी ३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ हुन जान्छ ।

निक्षेप तथा कर्जा 
बैंकले गत पुष मसान्त सम्ममा १ खर्ब ६ अर्ब १० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी  ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप केही बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ खर्ब २ अर्ब ४५ करोड  ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब २४ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात ११ दशमलव ३६ प्रतिशत, खराव कर्जा १ दशमलव २५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ७१ रुपैयाँ २० पैसा र प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after