एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।

वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ । एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृती नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउने छ ।

यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतीको चरणमा रहेका कम्पनिहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after