लक्ष्मी बैंकले बढायो नाफा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाफामा १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा १६ करोडले बढाएर ६७ करोड पुर्याएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा ५१ करोड मात्रै थियो ।  बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी ६।६ अर्बले वृद्धि गरेको छ ।

बैंकले ६९ अर्बमा रहेको निक्षेपलाई ७५ पुर्याएको छ भने ६४ अर्बको कर्जा लगानीलाई ७० अर्ब पुर्याएको छ ।  पुस मसान्त अवधीमा १ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ जुन गत पुसको भन्दा ४३ करोड रुपैंयाँले बढि हो । ८ अर्ब २२ करोड चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैंयाँ रहेको छ ।

बैंकको  आफ्नो सिडी रेसियो ७७.५६ प्रतिशतमा कायम राखेको छ भने कष्ट अफ फण्ड ७.६८ प्रतिशत बनाएको छ । १.११ प्रतिशत खराब कर्जा भएको बैंकको आधार ब्याजदर १०.३६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १७.७१ रुपैंयाँ छ जुन गत पुस मसान्तमा १३.३८ रुपैंयाँ थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस