“बेटी पढाउ, बेटी बचाउ” अभियानमा प्रभु बैंकको सहकार्य

काठमाडौं । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ ।

२ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो ।

सम्झौता अनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्ला सञ्चालनमा आएका छन् । मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ ।

यो अभियान अन्तर्गत २०७५ माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ ।

मन्त्रालयले प्रदान गर्ने१३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

लेकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंक लि. ले आफुलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । निरन्तर व्यवसायिक सफलता हासिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई आप्mनो सामाजिक उत्तरदायित्व वहन गर्ने अवसरको रुपमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस