Tag Archives: featured

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३१ प्रतिशतले बढ्याे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा ३०.९९ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को पुस मसान्तमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ कमाएको हो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ३६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत पुस मसान्तको तुलनामा ८ करोड २३ लाख रुपैयाँ बढी हो । …

पुरा पढ्नुहॊस »

नबिल बैंक र अजोडबीच बीमा सेवा सम्झौता

काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् । वन टु वाचले लगानी अवसर …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा विस्तार

काठमाडौं । ज्योति विकास बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको हरिवन नगरपालिका वडा नं ११ शाखाको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरे । त्यसैगरी, रुपनी गाउँपालिका वडा नं १ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र कैलाश विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अन्र्तगत कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

एनआइसी एशियाको फड्को, नाफा १६५ प्रतिशतले बृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा  १ अर्ब ५१ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा  १६४.३४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष यसै अबधिको तुलनामा ५७ करोड १७ लाख रुपैयाँ थियो । बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ । एनआइसीले १ …

पुरा पढ्नुहॊस »

सनराइजको नाफा बढेर ७२ करोड पुग्यो

काठमाडौं । सनराइज बैंकको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा आफ्नो नाफा २४.१३ प्रतिशतले वृद्धि गरेर ७२ करोड पुर्याएको हो । गत आवको पुस मसान्तमा सनराइजको नाफा ५८ करोड रुपैंयाँ मात्रै थियो । बैंकले पछिल्लो ३ महिनामा आफ्नो नाफा २७ करोडबाट ४५ करोडले बढाएर ७२ करोड पुर्याएको हो । बैंकले पुस समान्त अवधीमा १ अर्ब ७६ करोड ब्याज …

पुरा पढ्नुहॊस »

चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

चितवन । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा …

पुरा पढ्नुहॊस »

नयाँबानेश्वरमा गरिमा विकास बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा संचालनमा  ल्याएको छ ।  नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त   सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »