मिथिला लघुवित्तको ५०% हकप्रद सेयर खुल्यो, अब यस्तो हुनेछ पुँजी संरचना

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको बिहीबार (माघ १७ गते) देखि ५०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८८९.६९ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । पुस ३० गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट कमलादी काठमाडौं तथा मिथिलाको केन्द्रीय कार्यालय धनुषा जनकपुर र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १०.४५% बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ । ५% हकप्रद र बोनस वितरणपछि मिथिलाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस