समाचार

कुनै विषय जटिल बन्दा सबैले नेम्वाङको खोजी गर्थे

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीसँग नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।’ …

पुरा पढ्नुहॊस »

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्री सुदन किरातीकाअनुसार नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय पनि भएको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने निर्णय भएको उनले बताए । छोराहरू विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव …

पुरा पढ्नुहॊस »

साहित्यकार/पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । केही दिनअघि निमोनिया भएर अस्पताल भर्ना भएका पराजुली डिस्चार्ज भएर घर फर्किसकेका थिए । सोमबार फेरि बिरामी परेपछि बी एण्ड बी अस्पताल लगिएका पराजुलीको बिहान निधन भएको हो । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोटेश्वरमा जन्मे-हुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। उनका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चस्मा’लगायत कृति चर्चित छन्। उनले …

पुरा पढ्नुहॊस »

सुखदु:खको साथी गुमाए, उहाँलाई सधैँ सम्झिरहने छौँ : अध्यक्ष ओली

oli/‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङले लोकतान्त्रिक संविधान निर्माणमा पुर्‍याएको योगदान सधैँ सम्झिने बताएका छन् । नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले एक मृदुभाषी, विनम्र र शालीन साथी गुमाएको बताएका हुन् । सोमबार राति निधन भएका संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्नो सुख दुःखको साथीसमेत रहेको ओलीले बताए । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ …

पुरा पढ्नुहॊस »

सवारी दुर्घटनामा प्राचार्य सुवेदीको मृत्यु

काठमाडाैँ । झापाको कनकाई नगरपालिका– ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र १–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ डच ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएको सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्‍याइएको थियो । उनलाई हस्पिटलमा पुर्‍याउना साथ चिकित्सकले …

पुरा पढ्नुहॊस »

धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल

काठमाडौं । कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बो (लिम्बू) द्वारा जारी विज्ञप्तिमा केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शृङ्खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ । विज्ञप्तिमा विगत केही समययता कोशी प्रदेशको …

पुरा पढ्नुहॊस »

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुर्‍याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ । नेम्वाङको निधन भएको खबरपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता …

पुरा पढ्नुहॊस »

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले नेम्वाङको असामयिक निधनले आफूलाई मर्माहत बनाएको बताएका हुन् उनले लेखेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गए राति २ बजेतिर हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर चिकित्सकहरूले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई …

पुरा पढ्नुहॊस »

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । हृदयघातका कारण गएराति करिब २ बजेतिर उनको निधन भएको हो । बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले जानकारी दिएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन् । नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले …

पुरा पढ्नुहॊस »

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नु पर्थ्याे : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनु पर्ने बताएका छन् । ११० औं बीपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताए । ‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ। अब भारत र चिनियाँ पर्यटकहरुलाई …

पुरा पढ्नुहॊस »