काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित …
पुरा पढ्नुहॊस »प्रेस युनियनद्वारा ६१ सदस्यीय परामर्श समिति गठन (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको अध्यक्ष लम्सालद्वारा …
पुरा पढ्नुहॊस »मिटरब्याजका ४ हजार उजुरीमा मिलापत्र, ५५ जना साहूविरुद्ध मुद्दा
काठमाडौं । मिटरब्याजीविरूद्ध परेको २६ हजार उजुरीमध्ये ४ हजार उजुरीमा मिलापत्र भएको छ । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अनुसार ऋणी र साहुकारबीच आपसी सहमतिमा ४ हजार ६६ उजुरीमा मिलापत्र भएको हो । आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिनदिन नपर्ने गरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसला समेत भइसकेको, जग्गा खरिद विक्री सम्बन्धी कारोबार भएको देखिएको, साहुद्वारा मिनाहा गरिएका आधारमा मिलापत्र गराइएको आयोगले जनाएको छ …
पुरा पढ्नुहॊस »शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । महामन्त्री शर्माले बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् । उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील समेत गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्- ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ …
पुरा पढ्नुहॊस »शिक्षकको आन्दोलनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थान अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै चल्ने गाडीलाई नयाँ बानेश्वर, पुरानो बानेश्वर, थापाथली, भद्रकाली लगायतका ठाउँबाट ‘डाइभर्सन’ गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले माइतीघर क्षेत्रको सडक खुलाउने प्रयास जारी राखेको जनाएको …
पुरा पढ्नुहॊस »माफी मिनाहा पाएपछि छुटे टीकापुर हत्याकाण्डका तीन कैदी
काठमाडाैं । टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना संविधान दिवसका दिन (बुधबार) रिहा भएका छन् । संविधान दिवसका अवसरमा कैद माफी पाएपछि टीकापुर हत्याकाण्ड कसुरमा जेल जीवन बिताइरहेका तीन जना छुटेका हुन् । कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भएका छन् । तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ …
पुरा पढ्नुहॊस »महानगरले भन्यो- विद्यालय बन्द गरे शिक्षकलाई कारवाही हुन्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारवाही गर्ने निर्णय गरेको छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् । तर, महानगरपालिकाले विद्यालय बन्द भए अस्वीकार्य हुने निर्णय गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन महर्जन विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँछन् । ‘तर, विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य हुँदैन, ऐनमा रहेका फरक मत …
पुरा पढ्नुहॊस »छोरीको घर हिंडेकी आमाको भिरबाट लडेर मृत्यु
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ ठूलोटारस्थित छोरीको घरमा आएकी एक आमाको भिरबाट लडेर ज्यान गएको छ । उक्त गाउँपालिकामै घर रहेकी ९१ वर्षीया पुतलीमाया घलान छोरीको घरमा पुगेका बेला गत भदौ ३० गतेदेखि हराएकी थिइन् । पुतलीमाया छोरीको घरबाट हराएको भनेर भदौ ३१ गते नै प्रहरी चौकी सिस्नेरीमा निवेदन आएपछि खोजी थालिएको थियो । आफन्तले खोजी गर्ने क्रममा पुतलीमायाको भिरबाट लडेर मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो …
पुरा पढ्नुहॊस »उपत्यकामा द्रुत बस सेवा, सूर्यविनायक-रत्नपार्क ४५ मिनेट मात्र !
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ । आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती …
पुरा पढ्नुहॊस »कुवामा पानी पिउन गएका युवा चिप्लिएर सेती नदीमा खसेर बेपत्ता
काठमाडाैँ । बझाङस्थित सेती नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका हुन् । केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेका थिए । स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेका पुजारा बेपत्ता भएका प्रहरीले जनाएको छ …
पुरा पढ्नुहॊस »