नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्री सुदन किरातीकाअनुसार नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय पनि भएको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने निर्णय भएको उनले बताए । छोराहरू विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ ।

त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस