समाचार

एसईई खारेजको प्रस्ताव, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेजको प्रस्ताव गरिएको छ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा एसईई खारेजको प्रस्ताव गरेको हो । यसअघि एसईई प्रदेशबाट लिने कानुनी व्यवस्था भएपनि राष्ट्रिय परीक्षा बोर्डले नै लिँदै आएको थियो । सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार अब माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा)को मात्रै राष्ट्रिय परीक्षा बोर्डबाट लिइनेछ । प्रस्तावित विधेयकमा आधारभूत शिक्षा उत्तीर्ण (८ कक्षा)मात्रै स्थानीय तहबाट सञ्चालन हुने उल्लेख छ …

पुरा पढ्नुहॊस »

सीआईबीको अनुसन्धान प्रतिवेदन : ६१ किलो सुन तस्करीमा ५० प्रतिवादी, ३ अर्ब ५० करोड बिगो दाबी

काठमाडौँ । ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाएको छ । आज सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको हो । त्यसमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरारको सूचीमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ …

पुरा पढ्नुहॊस »

नेम्वाङको अन्त्येष्टिका दिन बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, बिहीबार सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान …

पुरा पढ्नुहॊस »

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज तय गरिएको प्रतिनिधि सभाको बैठक स्थगति भएको छ । मंगलबार हृदयघातका कारण संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका भएपछि संसद बैठक स्थगित भएको हो ।

पुरा पढ्नुहॊस »

कहिले आइपुग्छन् नेम्वाङका दुई छोरा विदेशबाट ?

काठमाडाैँ । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि विहीबार मात्र गर्न लागिएको हो । अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र त्यो दिन शोक बिदा दिने सरकारले निर्णय गरिसकेको छ ।नेम्वाङ का जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट आज दिउँसो ४ बजे नेपाल आइपुग्ने जनाइएको छ । …

पुरा पढ्नुहॊस »

नेम्वाङको पार्थिव शरीर दिउँसो घर लगिने, भोलि अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ । हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज घरमा लगिनेछ । बुधवार १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने र १ बजे पछि बालुवाटारस्थित घरमा लगेर मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली दिइने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिए पछि भोली बिहान ११ बजे …

पुरा पढ्नुहॊस »

मेघगर्जनसहित बिहानैबाट वर्षा

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । यस्तै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको …

पुरा पढ्नुहॊस »

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

काठमाडौँ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य मंगलबार सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले बताइन् । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय …

पुरा पढ्नुहॊस »

नेम्वाङको बिहीबार राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । पार्टी प्रचार विभागका सचिव गगन विष्टकाअनुसार नेम्वाङको अन्त्येष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको हो । त्यसअघि भोलि १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीरलाई राखिनेछ । त्यसपछि उनको शवलाई बालुवाटारस्थित निवासमा राखिने पार्टी प्रचार विभागका सचिव विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले अन्त्येष्टि गरिने …

पुरा पढ्नुहॊस »

सम्पर्कविहीन भएको १७ दिनपछि मेजर पण्डितको शव भेरीमा भेटियो

काठमाडौं । डाेल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित मृतावस्थामा भेटिएका छन् । भदौ १० गतेदेखि बेपत्ता भएका पण्डितको शव १७ दिनपछि भेटिएको हो । उनको शव भेरी नदीको पानीमै डुबेको अवस्थामा डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिक भेटिएको छ । स्थानीयले नदीमा औंठी र घडी लगाएको एक पुरुषको शव देखेको बताएपछि लगातार १७ दिनदेखि उनको खोजीमा खटिएको सेनाको टोली त्यसतर्फ गएको थियो । मेजर ध्रुव …

पुरा पढ्नुहॊस »